१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुटपाटको उद्देश्यले बिमा संस्थानका कर्मचारीको हत्या भएको पुष्टि

अ+ अ-

काठमाडौँ । काठमाडौँको गौशाला नजिकै रुद्रनगरमा मङ्गलवार बिहान मृत भेटिएका एक पुरुषको लुटपाट गर्ने उद्देश्यले हत्या भएको खुलेको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले हत्या आरोपमा मोरङका ३२ वर्षीय रामबहादुर थापालाई पक्राउ गरी सार्वजनिक गरेको हो । काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले लुटपाट गर्ने उद्देश्यले हत्या गरेको खुलेको जानकारी दिए ।

प्रहरीका अनुसार थापा नेतृत्वको गिरोहले सोमबार राति वीरगन्ज घर भई टोखा बस्ने ध्रुवबहादुर खड्काको हत्या गरेर रुद्रनगरमा छाडेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा थापाले खड्कासँग भएको नगद र सामान लुट्ने उद्देश्यले कुटपिट गरी हत्या गरेको खुलेको छ ।

उनी राष्ट्रिय बिमा संस्थानबाट दुई वर्षअघि निवृत्त भएका थिए । प्रहरीले थापाको साथबाट लुटिएको मोबाइल र पर्स पनि बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालका अनुसार थापाले धेरै पैसा हुन सक्ने अनुमान गरेर आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

हत्या अभियोगमा पक्राउ परेका थापा यसअघि ०७७ सालमा गाँजासहित पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस