७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा भर्चुअल बैठकले पायो कानुनी मान्यता

अ+ अ-

काठमाडौँ । संघीय संसदमा भर्चुअल बैठकले कानुनी मान्यता पाउने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले भर्चुअल बैठकलाई कानुनी मान्यता दिने व्यवस्था प्रतिनिधिसभा नियमावली २०७९ मा राख्ने गरी निर्णय लिएका छन् ।

समितिको निर्णय अनुसार भर्चुअल बैठकसम्बन्धी व्यवस्थाका लागि छुट्टै व्यवस्था गरिनेछ । जहाँ कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखको निर्णयका आधारमा संसद र संसदीय समितिको बैठक राख्न सकिने भनी लेखिनेछ ।

‘प्राकृतिक प्रकोप वा महामारीको कारण भौतिक उपस्थितिमा बैठक बस्न सम्भव छैन भन्ने विषयमा सभाका कम्तीमा एक चौथाइ सदस्य सहमत भई सो कुरा सभामुखलाई जानकारी गराएमा आवश्यकता अनुरूप कार्य व्यवस्था परामर्श समितिको परामर्शमा सभामुखको निर्णय अनुसार प्रविधिको प्रयोग गरी बैठक बस्न सक्नेछ’ नियमावलीको मस्यौदामा उल्लेख छ ।

नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारीका बेला संसद र संसदीय समिति प्रभावकारी हुन सकेका थिएनन् । त्यसका लागि भर्चुअल बैठकलाई मान्यता दिनुपर्ने आवाज उठेको थियो ।

त्यसबेला बसेका संसदीय समितिका बैठकहरूले सरकार र सम्बन्धित निकायलाई निर्देशनसमेत दिन सकेका थिएनन् । निर्देशन दिनुपर्ने विषयलाई सुझावका रूपमा संसदीय समितिहरूले सम्बन्धित निकायमा पठाएका थिए ।

कोरोना भाइरसको महामारीका बेला परेको समस्यालाई ख्याल गरेर नियमावली मस्यौदा समितिले यसपटक नियमावलीमै भर्चुअल बैठकलाई कानुनी मान्यता दिने गरी प्रतिनिधिसभा नियमावलीमा राख्ने गरी सहमति जुटाएको हो ।

प्रतिक्रिया दिनुहोस