काठमाडौँ । नेकपा (एमाले) ले वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने निर्णय गरेको छ।
बिहीबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको एमाले १५औँ सचिवालय बैठकले मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक सुधारका लागि वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने निर्णय गरेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए।
बैठकले गत पुस १० गते पार्टीको पहलकदमी र अग्रसरतामा वर्तमान सरकार गठन भएकामा जनतामा व्यापक उत्साह सिर्जना भएको निष्कर्ष निकाल्दै वर्तमान सरकार गठनपछि मुलुकको आर्थिकलगायत सबै क्षेत्रमा सकारात्मक प्रभाव देखिएको जनाएको छ।