१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन मन्त्रालयले मातहतका कार्यक्रम अब होटलमा आयोजना नगर्ने

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका सबै निकायका कार्यक्रम यस वर्ष होटलमा आयोजना नहुने भएका छन् ।

यसअघि अर्थ मन्त्रालयले खर्च कटौतीको निर्णय गर्दै सबै संघीय निकायको चालु खर्च २० प्रतिशत कम गर्ने निर्णय लिएको थियो । यसको कार्यान्वयनका लागि पर्यटन मन्त्रालयले अब आफ्नो मातहतका सबै कार्यक्रम आफ्नै हलमा गर्ने निर्णय लिएको हो । त्यसका लागि पर्यटनले तीन वटा हल र त्यसको क्षमता समेत सार्वजनिक गरेको छ ।

मन्त्रालयका अनुसार अब सबै निकायले नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान रविभवन परिसर भित्रका हलहरू प्रयोग हुने भएका छन् । यहाँ २ सय क्षमताको एक र ५०–५० जना क्षमताका दुई वटा हल रहेका छन् । काठमाडौँ उपत्यका भित्र तालिम, कार्यशाला गोष्ठी, समारोह तथा बैठक सञ्चालन गर्दा पर्यटन मन्त्रालय मातहतका निकायले यी हल प्रयोग गर्नुपर्ने भएको छ ।

मन्त्रालयका अनुसार कतिपय निकायले आफ्नो सभाहल र बैठकस्थल हुँदाहुँदै पनि भाडामा कार्यक्रम सञ्चालन गरिएको भन्दै सरकारी खर्चको मितव्ययिता तथा कार्यसम्पादन गर्न यस्तो निर्णय गरिएको हो । यसका लागि सभाहल र कार्यक्रमस्थल भएसम्म आफ्नो हल नै प्रयोग गर्न र सम्भव नभए सरकारी कार्यालयसँग समन्वय गरी हल प्रयोग गर्न समेत मन्त्रालयले आफ्ना निकायहरूलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस