काठमाडौँ । औषधि व्यवस्था विभागले सिद्धार्थ फर्मास्युटिकल्स रुपन्देहीद्वारा उत्पादित औषधिको एउटा ब्याचलाई बिक्री वितरणमा रोक लगाएको छ ।
विभागले न्यून गुणस्तरको पाइएको भन्दै सो कम्पनीको ट्रासी (१०० क्याप्सुल) को आएटीसी ३१०४ ब्याचलाई बिक्री वितरण, सिफारिस र प्रयोगमा रोक लगाएको हो ।
फङ्गसको उपचरामा प्रयोग हुने सो ब्याचको औषधि बजारबाट तत्काल फिर्ता गराउन पनि विभागले कम्पनीलाई सूचित गरेको छ ।
