काठमाडौँ । संघीय संसद्ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको सम्बोधनका लागि धन्यवादको प्रस्ताव पारित गरेको छ ।
संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाले राष्ट्रपतिको उक्त सम्बोधनका लागि धन्यवादको प्रस्ताव पारित गरेका हुन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले राखेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेको उक्त प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिद्वारा संघीय संसद्को पहिलो अधिवेशनको दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति टेबल गरेका थिए ।