७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीको मल्याणी गाउँमा खानेपानीको अभाव

अ+ अ-

डोटी । डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर १ मल्याणी गाउँमा खानेपानीको अभाव भएको छ । १७ घर परिवार रहेको उक्त गाउँमा खानेपानीको अभाव हुँदा स्थानीय खोलाको पानी पिउन बाध्य छन् ।

२०७३ सालमा ग्रामीण विकास सेवा केन्द्र डोटीले अनुकूलन परियोजना अन्तरगत स्थानीय बासीको साझेदारीमा गाउँ नजिक रहेको ठुलाखोलाबाट सोलारमुस आयोजना निमार्ण गर्दा केही समय गाउँघरमा खानेपानीको सहज भएको थियो  । तर पानीको मुहान संरक्षणमा सम्बन्धित निकायको ध्यान जान नसक्दा पुनः पानीको अभाव  हुनुका साथै निमार्ण गरिएका खानेपानीको धारा, टङ्की जीर्ण बन्दै गएका छन् । 

खानेपानी आयोजना अन्तरगत निमार्ण भएको सोलारमुसको ईन्भटर बिग्रिएपछि एक वर्ष देखि खानेपानी खोलाबाट बोकेर खानुपर्ने बाध्यता रहेको स्थानीय खडक बोहराले बताए । उनले भने, ‘हामी पहिले खानेपानी खोलाबाट बोकेर खान्थ्यौ खानेपानी आयोजना निमार्ण हुँदा केही बर्ष सहज भएको थियो फेरी त्यस्तै अवस्थामा पुग्यौ ।’

‘घर-घरमा सिहदरवार भनेर नारा लगाए, हामीलाई भोट दिनुहोस् भनेर चुनावको समयमा धेरै नेताहरू आए भोट मागे तर हाम्रो खानेपानीको समस्या कसैले सम्बोधन गरेनन्,’ अर्का स्थानीय हिक्मत बोहराले गुनासो गरे । जनप्रतिनिधीहरुले आफूलाई भोटबैंकको रूपमा मात्र प्रयोग गर्ने गरेको उनको आरोप छ । 

अनुकूलन परियोजना अन्तरगत २०७३ सालमा ९ लाख संस्था र ७ लाख स्थानीयले श्रमदान गरी ठुलाखोला सोलारमुस आयोजना सम्पन्न भएको थियो । हाल ईन्भटर बिग्रँदा खानेपानीको हाहाकार भएको छ । 

प्रतिक्रिया दिनुहोस