काठमाडौँ । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले साँघुरो जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा मिलानले टोरिनोलाई १-० गोल अन्तरले हराएको हो ।
मिलानको जितमा ओलिभर जेरुडले निर्णायक गोल गरे ।
घरेलु मैदानमा मिलानलाई जित दिलाउन जेरुडले ६२ औं मिनेटमा निर्णायक गोल गरे ।
यस जितसँगै मिलानले २२ खेलमा ४१ अंक जोडेको छ । मिलान तेस्रो स्थानमा उक्लिएको छ ।
टोरिनो ३० अंक जोडेर सातौँ स्थानमा रहेको छ ।