६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

को-को सेन्टीफ्ल्याट खाने हो थाहा छैन : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दङ्ग परेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेकपा एमालेप्रति इङ्गित गर्दै एमालेले पार्टीकाधेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमालेका नेताहरू राष्ट्रपति बन्न पाउँछु भनेर दङ्ग परेको दाबी गरे। उनले नेकपा एमालेले अन्तिममा आश्वासन दिएका व्यक्तिलाई सेन्टीफ्ल्याट खुवाउने बताए।

उनले भने, ‘अहिले सबैतिर राष्ट्रपति पदको चर्चा छ। प्रत्येक व्यक्तिहरू म राष्ट्रपति हुने हो भनेर दङ्ग परेका छन्। किनभने दङ्ग पारिएको छ। सबैलाई राष्ट्रपति पद दिइएको छ। भइहालेँ भन्ने परिरहेको छ। को को सेन्टीफ्ल्याट खाने हो थाहा छैन। नेपालको राजनीति यही ढङ्गले अघि बढी रहेको छ। मैले सङ्केत मात्रै गरेको हो। हामी पनि राष्ट्रिय राजनीतिमा छौँ, हाम्रो पनि भूमिका छ। के मूल्य छ, यिनीहरूको भन्नेहरू भन्दै गरुन्, हन्डर, ठक्कर खाएपछि चेत खुल्छ, हामी पोजेटिभ भूमिका खेल्छौँ। हामी कसैको पक्षपोषण गर्दैनौँ।’

अध्यक्ष नेपालले देशको राष्ट्रिय परिस्थिति दूषित रहेको बताए। उनले आफ्नो पार्टी केही होइन भन्नेहरूलाई सुदूरपश्चिम प्रदेशमा अहिले आएर देखाइदिएको समेत बताए। उनले आफ्नो पार्टीको भविष्य खत्तम छ भन्नेहरूलाई (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिमबाट सरकारमा उदाएर देखाएको बताए।

उनले भने, ‘किन नेपालको अहिलेको राष्ट्रिय परिस्थिति कलकल नदीमा बगिरहेको खोलामा बगिइरहेको पानी जस्तो छैन। यथास्थिति रहँदैन। सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो, नयाँ सरकारमा अहिले को को छ ? एउटा नेपाली काँग्रेस, अर्को (एकीकृत समाजवादी) छ। यो पार्टीको केही अर्थ छैन, यसको भविष्य खत्तम छ भनेको होइन, कहाँबाट उदायो त्यहाँ। ठुलो धक्का एमाले पार्टीलाई परेको छ। त्यो पहिलो सुरुवात हो।’

अध्यक्ष नेपालले आफ्नो पार्टीले सुदूरपश्चिममा सरकारमा रहनु नै एमालेको लागि धक्का भएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस