८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिमा एमालेलाई रोक्न राष्ट्रिय सहमतिको बहस : एमाले उपमहासचिव गुरुङ

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले राष्ट्रपतिमा आफ्नो पार्टीका उम्मेदवारलाई रोक्न नेपाली काँग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा एमाले ताप्लेजुङ–काठमाडौँ सम्पर्क मञ्चले गरेको कार्यक्रममा उनले सरकारलाई समर्थन गरेर काँग्रेसले विभिन्न पदका लागि ‘ढडिया थापेको’ टिप्पणी गरे । अहिले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई रोक्न काँग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको आरोप लगाए ।

उनले काँग्रेसकै कारण राष्ट्रपतिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले एमालेलाई भोट हाल्छ कि हाल्दैन भन्ने आशङ्का पैदा भएको पनि बताए ।

दक्षिणपन्थी गठबन्धनलाई तोडेर वामपन्थी गठबन्धन बनाउन एमाले सफल भएको भन्दै उनले यसलाई लामो समय कायम राखेर प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने धारणा राखे । दलीय हिसाबमा वर्तमान सरकारमा एमालेले ११ मन्त्रालय पाउनुपर्ने भए पनि गठबन्धनलाई जोगाउनका लगी आफूहरू उदार भएको उनको भनाइ छ ।

कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले अहिले राष्ट्रिय सहमतिका नाममा राष्ट्रपतिजस्तो संवैधानिक पदलाई शक्ति केन्द्रका रूपमा परिभाषित गर्न खोजिएको जिकिर गरे ।

सत्ता गठबन्धनभित्र भएको सहमतिका आधारमा एमालेको उम्मेदवार राष्ट्रपति हुनुपर्नेमा उनले जोड दिए । वर्तमान गठबन्धन कायम रहेसम्म यसअघि भएको सहमतिबाट खण्डित हुनुपर्ने अवस्था नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस