काठमाडौँ । रियल म्याड्रिडले फिफा क्लब विश्वकपको उपाधि जितेको छ।
गए राति सम्पन्न फाइनल खेलमा रियल म्याड्रिडले साउदी क्लब अल हिलाललाई ५/३ गोल अन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको हो। रियलको जितमा भिनिसियस जुनियर र फेड्रीको भाल्भर्डेले २/२ गोल गरेका थिए भने करिम बेन्जमाले एक गोल गरेका थिए।
त्यस्तै अल हिलालका लागि लुसिआनो भिएट्टोले दुई गोल गरेका थिए भने मोउसा मारेगाले एक गोल गरेका थिए।
यो सहित रियल म्याड्रिडले फिफा विश्वकपको उपाधि सबैभन्दा बढी पाँच पटक जितेको छ। रियलले यसअघि २०१४, २०१६, २०१७, २०१८ मा यो उपाधि जितेको थियो। रियल पछि बार्सिलोनाले ३ पटक क्लब विश्वकप जितेको छ।