६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी महानिरीक्षक सिंह स्वदेश फिर्ता

अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी भई आज स्वदेश फिर्ता भएका छन् ।   

संयुक्त अरब इमिरेट्सको अबुधाबीमा यही २४ गतेदेखि सुरु भएको इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलनमा नेपालका तर्फबाट प्रहरी महानिरीक्षक सिंहको नेतृत्वको टोली सहभागी भएको थियो । 

उनले उक्त सम्मेलनमा एसियाली राष्ट्रका प्रहरी सङ्गठन मजबुत बनाउने र इन्टरपोललाई थप सक्रिय बनाउने विषयमा छलफल भएको जानकारी दिए । 

प्रहरी महानिरीक्षक सिंहले एसियाली देशहरूबाट आतङ्कवाद निर्मूल पार्ने, मानव बेचबिखन नियन्त्रण तथा पछिल्लो समयमा विश्वव्यापी समस्याका रूपमा देखापरेको साइबर अपराध र साइबर सुरक्षामा एकताबद्ध अघि बढ्ने विषयमा छलफलमा भएको जानकारी दिए ।

इन्टरपोल स्थापना भएको सय वर्ष पूरा भएको अवसरमा सदस्य राष्ट्रले यसलाई विशेष रूपमा मनाउने निर्णय गरिएको र नेपाल सयौँ सदस्य राष्ट्रसमेत भएकाले सोही अवसरमा नेपाल प्रहरीले आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजना गरिसकेको पनि उनले बताए ।

हाल इन्टरपोलको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका दुई अधिकृतहरू सिङ्गापुर र लियोनमा कार्यरत रहेको स्मरण गर्दै उनले नेपाल प्रहरीकै लागि गौरवको विषय भएको बताए । 

महानिरीक्षक सिंहले नेपाल प्रहरी इन्टरपोलको सदस्य भएकै कारण गल्फलगायत विभिन्न देशमा लुकेर रहेका अभियुक्तहरूलाई इन्टरपोलको सहायताबाट पक्राउ गरेर ल्याउन सफल भएको पनि बताए । 

सम्मेलनको दौरानमा प्रहरी महानिरीक्षक सिंहले इन्टरपोलका अध्यक्ष मेजर जनरल अहमद नासिर अल-रइसी र महासचिव जर्गन स्कटलगायत इन्टरपोलका पदाधिकारीहरूसँग भेटघाट गरेका थिए ।

साथै सम्मेलनका क्रममा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन भारत, चीन र दक्षिण कोरियालगायतका मुलुकका प्रहरी प्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता एवम् औपचारिक र अनौपचारिक छलफल भएको पनि उनले उल्लेख गरे ।

नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौँ नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपमशमशेर जबरा सहभागी थिए । यसअघि इन्टरपोलको २३औँ एसियाली सम्मेलन सन् २०१७ मा काठमाडौँमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस