९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्घीयता कसैले दिएको भिख होइन : मुख्यमन्त्री

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको सङ्घीयता कसैले दिएको भिख नभएको बताएका छन् ।

सोमबार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सङ्घीयता आम नागरिकले लडेर ल्याएको बताए ।

स्थानीय निर्वाचनमा जितेका र प्रदेश र प्रतिनिधिसभामा निर्वाचन जितेका केही सांसदहरूले सङ्घीयता चाहिँदैन भनिरहेको भन्दै सङ्घीयता उनीहरू कसैले दिएको भिख नभएको जिकिर गरे । उनले मधेस प्रदेशका नागरिक रहेसम्म सङ्घीयता रहिरहने दाबी गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इमानदारीका साथ प्रहरी समायोजन र निजामती ऐनलगायतका कानुनहरू पास गर्नेमा विश्वस्त रहेको उनको भनाइ छ ।

“म प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, तपाईँ पनि इमानदारका साथ कानुनहरू जुन विगतका सरकारबाट अड्किएको छ, प्रहरी समायोजन लगायत निजामती ऐनलगायत नागरिकता विधेयकसम्बन्धी, सबै तुरुन्त लागु गरेर सङ्घीयतालाई मजबुत बनाइदिनु हुन्छ भन्ने मलाई विश्वास छ । यसले सङ्घीयता बलियो हुनका साथै देशको विकासको रफ्तार बढ्छ,” उनले भने, “आजको दिनमा केही स्थानीय चुनावबाट आएका केही व्यक्ति र प्रदेश र प्रतिनिधिसभाबाट नयाँ आएका केही पार्टीका नेताहरू काठमाडौंमा बसेर सङ्घीयता चाहिँदैन भनिरहेका छन् । म उहाँहरूलाई यहीँबाट खबरदारी गर्न चाहन्छु, यो उनीहरूले दिएको भिख होइन । हजारौँ बलिदानपछि आएको सङ्घीयता हो । जबसम्म मधेस प्रदेशका जनता रहन्छन्, तबसम्म यो देशमा सङ्घीयता रहन्छ । सङ्घीयता जाने वाला छैन ।”

जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले ५४० जना सहिद परिवारलाई एक लाख रुपियाँका दरले रकम हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस