१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हतियार देखाई लुटपाट गर्ने ८ जना पक्राउ

अ+ अ-

काठमाडौँ । वीरगञ्जमा भारतीय नागरिकलाई दिउँसै हतियार देखाई अपहरण गरी लुटपाट गर्ने एक गिरोहलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

माघ २६ गते भारत बिहार घर भएका विशाल कुमार पटवालाई वीरगञ्ज महानगरपालिका-६ रेल्वेरोडबाट हतियार देखाएर अपहरण गरी उनको साथमा रहेको नगद लुटपाट गरेको अपरोपमा ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२ छपकैयाका ३० वर्षीय सदाम अन्सारी, वडा नम्बर ११ श्रीपुरका ३४ वर्षीय सन्तोष लामा, ४२ वर्षीय मोजालिम मिया र ४० वर्षीय रोशन थापा, वडा नम्बर २४ रामगढवाका ३४ वर्षीय विजय महतो, बारा परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनीका ३० वर्षीय नबाब हुसेन, कलैया उपमहानगरपालिका वडा नम्बर २३ का २६ वर्षीय मुकेश पटेल र भारतको बिहार राज्य मोतिहारी जिल्ला रक्सौल अहिरवाटोल-७ बस्ने २४ वर्षीय इमाम अन्सारी रहेका छन् ।

उनीहरूलाई सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको थियो । प्रहरीका अनुसार बाराको प्रसौनी गाँउपालिका-१ घर भएका नातामा मामा पर्ने सुभाष साहलाई सापटी दिन पटवाले ६ लाख ५० हजार रुपैयाँ बोकेर आएका थिए ।

रेल्वेरोडमा उनलाई पेस्तोल देखाई वीरगञ्ज-१५ भिष्वा स्थित एकान्त ठाउँमा लगेर नगद लुटेर छोडिदिएका थिए । घटनाबारे खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी निरीक्षक प्रज्वल थपलिया नेतृत्वको टोली परिचालन गरिएको थियो ।

खोजतलाशका क्रममा उनीहरूलाई लुटिएको मध्ये ४ लाख ९५ हजार रुपैयाँ, लुटपाटमा प्रयोग गरिएको मेड ईन युएसए लेखिएको पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ५ राउण्ड, खुकुरी १ थान, कैची ४ थान, ना १९ प २८०८, ना ६२ प १०० र बिआर १ सिआर २४२५ नम्बरका ३ वटा मोटरसाईकल समेत बरामद गरिएको प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

पक्राउ परेको गिरोह भारतका विभिन्न आपराधिक घटनामा समेत संलग्न रहेको अनुसन्धानको क्रममा खुलेको उनले बताए ।

आठै जना विरुद्ध अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं सङ्गठित अपराध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस