१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेपत्ताका परिवारलाई न्याय दिन सरोकारवालाको माग

अ+ अ-

काठमाडौँ । जनयुद्धको बेला राज्यद्वारा बेपत्ता पारिएका र मारिएका व्यक्तिका परिवारलाई न्याय दिनुपर्ने सरोकारवालाले माग गरेका छन् । 

२८औंं जनयुद्ध दिवसको अवसरमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बुटवलमा गरेको अन्तरक्रियामा विभिन्न दलका नेताहरुले सशस्त्र द्वन्द्वको जगमा नेपालमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र संस्थापन  भएपनि युद्धमा मारिएका र बेपत्ताको परिवारका माग सम्बोधन गर्न सरकारले नसकेको बताए ।

संविधानसभा सदस्य सावित्री दुराले सशस्त्र युद्धको बेला राज्यद्वारा बेपत्ता व्यक्तिहरूको सार्वजनिक गर्न माग गरेकी छन् । युद्धका क्रममा एक हजार ९६ जना बेपत्ता भएको पार्टीमा तथ्याङ्क रहेको उनले दाबी गरिन् । आफ्ना पति अखिल क्रान्तिकारीका तत्कालीन महासचिव पूर्ण पौडेलले २०५९ साल वैशाख १३ गतेदेखि बेपत्ता भएको उल्लेख गर्दै दुराले बेपत्ताहरूको अवस्था सार्वजनिक नहुँदा परिवारजन पीडामा बाँच्न बाध्य भएको बताइन् ।

नेतृ दुराले बेपत्ता व्यक्तिका परिवारहरू जीविकोपार्जन, शिक्षा दीक्षा र रोजगारी जस्ता वहुआयामिक समस्याबाट गुज्रिन बाध्य भएको बताइन् ।

नेपाली सेनाबाट पति मारिएकी बुटवलकी जया पौडेलले माओवादी युद्धमा मारिएकालाई सरकारले राष्ट्रिय शहीद घोषणा गरी सम्मान दिनुपर्ने बताइन् । सरकारले दिएको १० लाखले युद्धमा ज्यान गुमाएकाको परिवारको जीविकोपार्जन हुन नसक्ने उनले गुनासो गरिन् ।

प्रतिक्रिया दिनुहोस