९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप लिग-२ : नेपाललाई २८६ रनको लक्ष्य, करण केसीले लिए ५ विकेट

अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया २८५ रनमा अलआउट भयो।

नामिबियाका लागिद भान लिङ्गेनले शतक प्रहार गरे। उनले १३३ रन जोडे। १३७ बल खेलेका उनले ९ चौका र ५ छक्का प्रहार गरे।

ओपनरद्वय लोहान लाउरेन्स ५ रन र कार्ल बिरकेनस्टक १३ रनमा आउट भए।

कप्तान गेरार्ड इरासमसले ५६ रनक‍ो योगदान गरे। उनले भान लिङ्गेनसँग तेस्रो विकेटका लागि १६४ रनको साझेदारी गरे।

यस्तै निकोल इटन ८ रनमा आउट भए भने जान फ्राइलिनलाई करण केसीले १३ रनमा बोल्ड भए। जेन ग्रिन ३४ रन जोडेर आउट भए।

बलिङमा नेपालका करण केसीले ५ विकेट लिए। करणले १० ओभरमा ६१ रन खर्चिए। सन्दीप लामिछानेले ३ विकेट लिए। लामिछानेले १० ओभरमा ६६ रन खर्चिए।

सोमपाल कामी र कुशल मल्लले १–१ विकेट लिए।

क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अन्तिम तीन वटा त्रिकोणात्मक एक दिवसीय सिरिज नेपालले एक महिनाको बीचमा खेल्दैछ। आजदेखि नेपालले आफ्नो सातौँ सिरिज खेलेको हो।

यही तीन वटा सिरिजले नेपालको लिग-२ स्थान निर्धारण हुनेछ।

नेपालले फागुन २ गतेदेखि नेपालमा, फागुन १५ देखि युएईमा र फागुन २५ गतेदेखि नेपालमै गरी एक महिनामै तीन वटा सिरिज खेल्ने तालिका छ।

प्रतिक्रिया दिनुहोस