काठमाडौँ । जगन्नाथपुरीस्थित गोवर्धन मठका स्वामी निश्चलानन्द सरस्वती शङ्कराचार्य भोलि बिहीबार नेपाल आउने भएका छन्।
आइतबार पशुपति क्षेत्रमा हुने कार्यक्रमका लागि शंकराचार्य नेपाल आउन लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
भूकम्पबाट क्षतिग्रस्त पशुपतिनाथस्थित एक प्राचीन मन्दिरको पुनः निर्माण गरिएको र सो मन्दिरको प्राण प्रतिष्ठासहित अनावरण शङ्कराचार्यको आगमनका अवसरमा गर्न लागेको कोषका सदस्यसचिव डा.मिलनकुमार थापाले जानकारी दिए।