१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उदिपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइन म्याद थपिन्छ, काम सकिँदैन

अ+ अ-

लमजुङ । यहाँ निर्माणाधीन उदिपुर-मार्कीचोक-भरतपुर सय २० केभी प्रसारण लाइनको म्याद पटक-पटक थपिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन । तीन वर्षमा सक्नुपर्ने काम छ वर्ष हुँदा समेत सम्पन्न हुन सकेको छैन ।

प्रसारण लाइनको म्याद म्याद तीन पटक थपिएको छ । तर हालसम्म करिब ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । उदिपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइनका डिभिजन प्रमुख नारायण रेग्मीका अनुसार रुख कटान आदेशमा ढिलाइलगायत कारणले काममा ढिलाइ भएको हो । प्रसारण लाइनको निर्माणको सम्झौता सन् २०१८ जनवरीमा भएको थियो ।

‘आगामी जुन महिनासम्म सम्पन्न गर्न पुन:म्याद थप गरी काम भइरहेको छ’, उनले भने । आयोजनाका अनुसार ६७ किलोमिटर दूरी रहेको लमजुङको उदयपुरबाट चितवनको भरतपुरसम्म यस प्रसारण लाइन पुर्‍याउनका एक सय ९३ टावर निर्माण गर्नुपर्नेछ । लमजुङमा ४५ टावर निर्माण हुनेछन् । हालसम्म लमजुङतर्फको २५ टावर निर्माण भएका छन् ।

दोर्दी करिडोरका आयोजनाको विद्युत् मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डसम्म पुर्‍याउन छ किलोमिटरसम्म यही प्रसारण लाइन लगिएको छ । उदयपुरबाट मध्यमस्र्याङ्दी खण्डको छ किलोमिटर खण्डमा १७ टावर निर्माण गरिएका छन् । तनहुँमा १५ टावरको जग हाल्ने काम भएको छ भने चितवनमामा एउटाको जग हालिएको छ । गोरखामा समेत टावरको जग हाल्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस