काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार नयाँ बसपार्कमा भएको घटनाप्रति नेपाली काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै डा. महतले काठमाडौँको मुटुमै दिनदहाडै यस्ता घटना घट्छन् भने दूर दराजका गाउँमा के होला ? भनी प्रश्न गरे ।
उनले काठमाडौँ महलमा साना व्यवसायीमाथि भएको लुटपाटको घटना सामान्य नभएको उल्लेख गरे ।
उनले यातायात मजदुरको जायज माग सम्बोधन गर्दै पीडितलाई न्याय र पीडकको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न सरकारसँग आग्रह गरे ।