११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री दाहालसँग भेटेर मोबाइल व्यवसायीले मागे क्षतिपूर्ति

अ+ अ-

काठमाडौँ । मोबाइल व्यवसायीहरूले सरकारसँग नयाँ बसपार्क क्षेत्रमा १ फागुनमा भएको यातायात मजदुरको आन्दोलनका कारण भएको क्षतिको क्षतिपूर्ति माग गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गर्दै मोबाइल व्यवसायी सङ्घले गोङ्गबु बसपार्कको ल्होत्से मलमा सञ्चालनमा रहेको मोबाइल पसलहरूबाट भएको मोबाइल, ल्यापटपको चोरी र संरचना तोडफोडबाट अनुमानित ८ करोड बराबरको क्षति भएको जानकारी गराएको छ ।

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा निर्धक्क व्यवसाय गर्न नसकिने परिस्थिति उत्पन्न भएको उल्लेख छ । ज्ञापन पत्रमा भनिएको छ, ‘दिन दहाडै सुरक्षालाई चुनौती दिँदै लुटपाटको शैलीमा यस्ता अराजक गतिविधि भइरहँदा हाम्रो अभिभावक सरकारसँग नगए हामी कहाँ जाउँ ? यहाँबाट उचित क्षतिपूर्ति र व्यवसाय पुनः निर्धक्क सञ्चालन गर्न सक्ने अवस्थाको प्रत्याभूतिको लागि सविनय अनुरोध गर्दछौँ ।’

अमूर्त आश्वासन भन्दा पनि ठोस प्रतिबद्धता चाहिएको भन्दै व्यवसायीहरूले अन्यथा देशैभरबाट व्यवसायीहरूको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

‘क्षतिको आकलन गर्दै तत्काल क्षतिपूर्ति उपलब्ध गराउन र आन्दोलनका नाममा लुटपाट तथा आपराधिक क्रियाकलाप गर्नेहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन समेत अनुरोध गर्दछौँ’ ज्ञापनपत्रमामा भनिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले एक समिति बनाएर घटनाबारे अनुसन्धान गर्ने र उचित क्षतिपूर्ति दिलाउने आश्वासन दिएको संस्थाका अध्यक्ष भरत भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस