९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेसँग तालमेल नगरेको भए राष्ट्रिय पार्टी बन्ने थिएनौँ : उपेन्द्र यादव

अ+ अ-

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मंसिर ४ को निर्वाचनमा एमालेलाई छाडेर तत्कालीन ५ दलसँग चुनावी गठबन्धन गरेको भए राष्ट्रिय पार्टी बन्न नसकिने बताएका छन् ।

जसपा रुपन्देहीले बुधवार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले भने, ‘तालमेलमा कहीँ फाइदा र कहीँ नोक्सान हुन्छ ।’ पाँच दलीय गठबन्धनबाट निर्वाचनमा ९ सीटमा जसपा निर्वाचन लडेको भए राष्ट्रिय पार्टी बन्ने थिएन, न हाम्रो नेतृत्वमा प्रदेश सरकार बन्थ्यो न अहिलेजस्तो भूमिका रहन्थ्यो ।’

उनले पार्टीले गरेको निर्णय सही भएको दाबी गर्दै समय परिस्थितिअनुसार गठबन्धन र तालमेल फेरबदल हुनसक्ने बताए । तर निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन नभई केही सीटमा तालमेल मात्र भएको उनले बताएका छन् ।

उनले पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा ९ र प्रदेशसभा सदस्यमा २१ सिट दिने भनिएपछि गठबन्धनबाट जसपा बाहिरिएको बताए । यादवले केपी ओली नेतृत्वको सरकारमा जसपा सहभागी भए पनि असंवैधानिक रूपमा दुई पटक संसद् विघटन गरिएपछि लोकतन्त्रको रक्षाका लागि असंवैधानिक कदमको विरोध गर्दै जसपाले प्रदर्शन गरेको बताए ।

अध्यक्ष यादवले काँग्रेस, एमाले र माओवादी केन्द्र एक्लै निर्वाचन लड्नसक्ने अवस्थामा नरहेको जिकिर गरे । गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेससँग गठबन्धन गरेका स्थानमा सफलता प्राप्त नभएपछि काँग्रेससँग एलायन्स गर्दा पार्टीलाई फाइदा नभएको निष्कर्षमा पुगेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस