१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोलुङ हाइड्रोपावरको आईपीओ आजदेखि निष्कासन

अ+ अ-

काठमाडौँ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँड गरी सर्वसाधारणका लागि आजेदेखि आईपीओ निष्कासन गरेको हो । आईपीओमा आगामी फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेकोमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई दुई लाख ७२ हजार ८५० कित्ता सेयर बाँडफाँड गरिसकेको छ ।

त्यस्तै, कम्पनीले सामूहिक लगानी कोषलाई एक लाख ३६ हजार ४२५ कित्ता सेयर बाँडफाँड गरेको छ भने कम्पनीमा कार्यरत कर्मचारीलाई ५४ हजार ५७० कित्ता सेयर सुरक्षित गरेको छ । बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयर भने कम्पनीले सर्वसाधारणमा सार्वजनिक गर्न लागेको हो ।

आईपीओका लागि सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरू र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले तयार गरेको मेरो सेयर सम्बन्धी वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासन गरेको यस कम्पनीको इक्रा नेपालले इक्रा एनपी–आईआर डबल बी रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्वको समयमै सेवा गर्ने सम्बन्धमा पूर्व निर्धारितको माध्यम जोखिम रहेको बुझाउनछ । कम्पनीले आईपीओ निष्कासनबाट प्राप्त हुने रकम ऋण तिर्न प्रयोग गरिने बताइएको छ ।

हाल कम्पनीको कुल ऋण ९२ करोड ७५ लाख रुपैयाँ टर्म लोन रहेको छ भने ५ करोड रुपैयाँ ओभर ड्राफ्ट सीमा रहेको कम्पनीले जारी गरेको आईपीओ सम्बन्धी आह्वान पत्रमा उल्लेख छ । बाँकी ऋण कुल ९७ करोड ५७ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

आईपीओबाट प्राप्त हुने रकमबाट ३७ करोड ३१ लाख रुपैयाँ ऋण तिरिने कम्पनीले जानकारी दिएको छ । यो कम्पनीले मोलुङ खोला जलविद्युत आयोजनाबाट सात मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । कम्पनीले उत्पादन गरेको विद्युत् ३३ के.भि. प्रसारण लाइनमा २०७४ चैत १२ गतेदेखि जडान भएको बताइएको छ । यो विद्युत् उत्पादनको कुल लागत एक अर्ब ४५ करोड ९० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस