काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक तालिम तथा अध्ययनका लागि दरखास्त आह्वान गरेको छ ।
छात्रवृत्ति समितिको ३५९ बैठकले विभिन्न मित्रराष्ट्रबाट नेपाल सरकारका निजामती कर्मचारीहरूलाई प्रदान गरिने तालिमका लागि दरखास्त आह्वान गरेको हो ।
मन्त्रालयले मन्त्रालय,अन्तर्गत र स्थानीय तहमा (स्थानीय तहको हकमा मन्त्रालयले सञ्चालन गर्ने सेवा समूहको हुनुपर्ने) कर्मचारीबाट दरखास्त मागिएको हो ।
सूचना अनुसार अस्ट्रेलियन अवार्ड २०२४ का लागि आगामी चैत्र १ गतेसम्म र मास्टर्स प्रोग्रामका लागि ५ फागुनभित्रै आवेदन पठाइसक्नुपर्नेछ ।
हेर्नुस् सूचना:
