काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाही जलविद्युत् (आरओआर) आयोजनाहरूको विद्युत् खरिद बिक्री सम्झौताका लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्राधिकरणको विद्युत् व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै १५ दिनभित्र कनेक्सन एग्रिमेन्ट सम्पन्न भइसकेका आरओआर जलविद्युत् आयोजनाहरूले विद्युत् खरिद-बिक्रीका लागि सम्पर्क राख्न अनुरोध गरेको हो ।
विभागले आवश्यक कागजात पनि सँगै राख्न भनेको छ ।