८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तातोपानीमा नेपाल-चीन अधिकारीको बैठक सम्पन्न

अ+ अ-

काठमाडौँ । तीन वर्षपछि तातोपानी मितेरीपुलमा नेपाल र चीनका सरकारी अधिकारीहरूबीच ‘फेस टु फेस’ बैठक सम्पन्न भएको छ । नेपालबाट सिन्धुपाल्चोक जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सारका प्रमुख तथा चीनबाट न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमनलगायत अधिकारीहरूबीच बैठक भएको हो ।

कोरोना महामारीको समयमा वि च्याटमार्फत अधिकारीहरूबीच भर्चुअल मिटिङ हुन्थ्यो । तीन वर्षपछि यसरी प्रत्यक्ष बैठक सम्पन्न हुनु महत्त्वपूर्ण काम भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । आयात मात्रै भइरहेको तातोपानीबाट निर्यात खुलाउन चीन सरकार सकारात्मक छ । तर, कहिलेदेखि दुईतर्फी नाका सञ्चालन गर्ने भन्नेबारे सहमति भएको छैन । निकासी पनि खुलाउने गरी छलफल सुरु भएको बताइएको छ । यो प्रारम्भिक छलफल भएको अध्यागमन कार्यालय कोदारीका प्रमुख दीपक अधिकारीले बताए ।

बैठकमा चिनियाँ अधिकारीहरूले तातोपानी नाका पूर्ववत् सञ्चालनका लागि के गर्न सकिन्छ भनेर नेपालका अधिकारीसँग सुझाव मागेका छन् । निकासी वस्तुको चेकजाँच गर्न खासाको रमितेमा निकासी घर निर्माणाधीन रहेको पनि उनीहरूले नेपाली पक्षलाई जानकारी दिए । बैठकमा नाका सञ्चालन हुनु पूर्व ‘क्रस बोर्डर क्राइम’बारे पर्याप्त छलफल हुनुपर्नेमा अधिकारीबीच समान धारणा रहेको छ ।

बैठकमा दुवै देशका अधिकारीले खुलेर नाकासम्बन्धी धारणा राखेका थिए । नेपालबाट प्रजिअ न्यौपाने र चीनबाट न्यालम अध्यागमन इन्स्पेक्सन स्टेसनका प्रमुख सियाङ जुनले धारणा राखेका थिए । मिटिङमा सीमा सुरक्षा सशस्त्र प्रहरीका एसपी रवि केसी, जिल्ला प्रहरी प्रमुख एसपी बालनरसिंह राणालगायत सहभागी थिए । चीनबाट बोर्डर कन्ट्रोल प्रमुख सु गाङ, खासा अनुसन्धान प्रमुख गे साङ, सहायक प्रमुख युन डान, न्यालम र खासा प्रहरी स्टेसनका प्रमुखद्वय डान डुओ र जियान क्यान, न्यालम कानुन तथा अनुसन्धान प्रमुख जिया सी डुनझुलगायत सहभागी थिए ।

भूकम्पपछि ०७६ जेठ १५ मा नाका एकतर्फी सञ्चालन भएको थियो । तर, ११ चैतमा कोरोना भाइरस नियन्त्रण गर्न देशभर लकडाउनको घोषणा गरेपछि तातोपानी नाकाबाट हुने आयात वर्ष दिनजति रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस