काठमाडौँ । काँग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको भारतमा उपचार सुरु भएको छ । अहिले उनलाई पहिलो सर्जरीका लागि अप्रेसन थिएटरमा लगिएको अस्पताल परिसरबाट उनका सहयोगी योगराज कँडेलले जानकारी दिएका छन् ।
घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका सांसद डा. भण्डारीको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ ।
चिकित्सकका अनुसार उनको पछिल्लो अवस्था सामान्य छ । उनका सबै पारामिटरहरू नर्मल रहेको, तर ४८ घण्टा भेन्टिलेटरमै राखिने चिकित्सकले बताएका छन् ।