७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीम रावलको व्यङ्ग्यात्मक कविता : पद भक्ति कति हो ?

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पद भक्ति कति हो भन्ने शीर्षकमा एउटा कविता सार्वजनिक गरेका छन् ।

नेता रावल पार्टीभित्र होस् या बाहिर चर्को आलोचकको रूपमा चिनिन्छन्। उनी समसामयिक विषयमा पनि सामाजिक सञ्जालमा टिप्पणी गर्ने मध्येका एक पर्छन्।

केपी ओलीसँग अध्यक्षमा पराजित भएपछि अहिले पार्टी राजनीतिमा कमै सक्रिय छन्।

अहिले एमाले नेतृत्वको सत्ता गठबन्धनमा खटपट आइरहेको बेलामा उनले व्यङ्ग्यात्मक रूपमा कविता लेखेका छन्।

यस्तो छ उनको पद भक्ति कति हो कविता !
पद नै खान्छु, पद नै लाउँछु, पद नै ओछ्याउँछु,
पद कै लागि अपराधीलाई नि गलैँचा बिछ्याउँछु,,
पदका सामु संविधान, कानुन, सिद्धान्त पन्छाउँछु
जसरी गरे नि, जे सुकै भए नि यो पद जोगाउँछु ।

के हो र देश, समाज के हो सामुमा पदको
सिद्धान्त, दर्शन, आदर्श भन्नु पद मागौँ
अबको,
पद प्राप्ति निम्ति विदेशी भक्ति सामान्य क्रो हो,
पदको सँगै सञ्चय धनको जीवनको चुरो हो ।

पदासीन रहन सहयोगी हात जति नै फोहर हुन्
शक्तिका भक्त स्वार्थका पोका पवित्र मान्य छन्,
देशलाई मान्ने, जनहित गुन्ने पदका शत्रु झन्
पदका खातिर रङ्ग नफेर्ने, ती सबै पत्रु हुन् ।

भास्सियोस् देश मास्सियोस् विधि पद मुकुट चाहियो

पदको स्वाद कति छ मीठो बारम्बार जो खाइयो,
देशका कुरा, जनताका कुरा, पद सामु के हुन् र
पदको धुनमा ननाच्नेलाई मानिस भन्ने र
!

जसलाई नि भाक्छु, विदेशी डाक्छु पदको रक्षामा
पद प्राप्ति शिक्षा मन्त्रको दीक्षा, पार्टीका कक्षामा,
स्वाधीनता सँगै सुशासन खोज्ने लखेट्नु पर्दछ
हो परम मित्र पद–स्वार्थ निम्ति जो खातिर गर्दछ ।

जे गरे पनि छोपिन्छन् सबै पद कै पर्दाले
महान् हुन्छु पदले यहाँ चमत्कार गर्दाले,
कसको छ शक्ति चुनौती दिने यो मेरो शासनमा
अटल, अजर, अमर बन्छु पद कै आसनमा !

प्रतिक्रिया दिनुहोस