९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लोकसेवा आयोग योग्य जनशक्तिको जननी’

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले लोकसेवा आयोग योग्य एवं सक्षम जनशक्तिको जननी भएको बताएका छन् ।

कर्णाली प्रदेश लोकसेवा आयोगको आज परेको दोस्रो वार्षिकोत्सवका अवसरमा बोल्दै प्रदेश प्रमुख परियारले आयोग योग्य, क्षमतावान् र कर्मठ कर्मचारी जन्म दिने भएकाले यसको क्षमता विकास गर्नुपर्ने सुझाव दिए ।

संविधानले दिएको अधिकार र सङ्घीयताको भावनाअनुरूप समावेशिताका आधारमा निजामती क्षेत्रमा चाहना भएका उम्मेदवारहरूले आयोगलाई ठुलो विश्वास गरेको उनले जनाए । आयोगले छोटो समयमै धेरै उल्लेखनीय काम गरेर सेवा प्रवाह चुस्त र कामलाई सहज बनाउन विशेष योगदान पुर्‍याएको भन्दै प्रदेश प्रमुखले आयोगप्रति कृतज्ञता प्रकट गरे ।

दिवसमा मुख्यमन्त्री राजकुमार शर्माले नेपालमा प्रशासनिक सङ्घीयता कार्यान्वयन हुन नसकेको टिप्पणी गर्दै यसमा प्रभावकारिता आवश्यक भएको बताए । उनले भने, ‘शिक्षा प्रणाली एकातिर, कार्यसम्पादन अर्कोतिर भएकाले सक्षम कर्मचारीले मात्र सही दिशा दिन सक्छन् ।’

कर्णाली प्रदेशका प्रमुख सचिव डा गोपीकृष्ण खनालले प्रदेश निजामती सेवा ऐनको मस्यौदा तयार गर्ने काम भइरहेको बताए । ‘आयोगले प्रशासनिकभन्दा प्राविधिक कर्मचारी पूर्ति गर्नुपर्ने छ । सरकारले त्यसका लागि आवश्यक माग गर्छ’, उनले भने । उनले कर्मचारीको सेवा सुविधा थप गर्नुपर्नेमा समेत जोड दिए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रदेश निजामती सेवा ऐन नबनेकाले स्थानीय तहमा कर्मचारी अभाव भएको बताइन् । कतै कर्मचारी धेरै भए भने कतै कर्मचारी अभाव हुने गरी बनेको खाडल पूर्ति गर्न जतिसक्दो छिटो निजामती ऐन ल्याउन प्रदेश सरकारलाई सुझाइन् ।

आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले विभिन्न अन्योलताका बीचबाट काम गर्न थाले पनि आयोगले छोटो समयमै सफल कार्यसम्पादन गरेको बताए । उनले दुई वर्षमा विभिन्न पदमा डेढ लाख आवेदनमध्ये आठ सय ६० जना योग्य उम्मेदवारलाई छनोट गरी स्थायी नियुक्ति गर्न सिफारिस गरिएको उनको भनाइ थियो । पछिल्लो समय निजामती आकर्षण बढ्दै जाँदा आयोगलाई जिम्मेवारी र चुनौती दुवै थपिएको अध्यक्ष उपाध्यायले बताए ।

प्रदेश लोकसेवा आयोगका सचिव नारायणप्रसाद भट्टराईले दुई वर्षमा पाँचौँ तहमा चार सय ७६ जना र चौथो तहमा तीन सय ८४ जना नियुक्त भएको जानकारी दिए । आयोगको सक्रियताले रिक्त दरबन्दी पूर्ति भई सेवा तथा विकास निर्माण सञ्चालनमा सहयोग पुगेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस