८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाद्वारा निशान भगवती मन्दिरको जीर्णोद्घार

अ+ अ-

भोजपुर । नेपाली सेनाको पहलमा जिल्लास्थित निशान भवगती मन्दिरको जीर्णोद्घार गरिएको छ ।

नेपाल एकीकरणका समयमा विसं १८२६ मा स्थापना भएको सो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको थियो । जीर्णोद्घार गरिएको मन्दिरको सहायक रथी महेशकुमार थापाले शनिबार शुभारम्भ गरेका छन् ।

इतिहास बोकेको मन्दिरको जीर्णोद्घार भएसँगै स्थानीयवासी खुसी भएका छन् । ‘यो भोजपुरको इतिहास बोकेको मन्दिर हो’, स्थानीयवासी परशुराम तिवारीले भने, ‘सेनाले जीर्णोद्घार गरेर उद्घाटन पनि भयो । यसले यहाँको इतिहास संरक्षणमा टेवा मिलेको छ ।’

मन्दिरको २१ लाख २६ हजार चार सय ५४ लागतमा जीर्णोद्घार सम्पन्न भएको फस्टरैफल गणका गणपति विश्वनाथ तिमलसेनाले जानकारी दिए ।

सो अवसरमा सहायक रथी थापाले सेनाले पौराणिक महत्त्व र इतिहास बोकेका ठाउँहरूको संरक्षण गर्दै लैजाने नीतिअनुसार मन्दिरको संरक्षण गरिएको बताए । ‘सेनाले एक कार्यक्रम नै अघि सारेर पौराणिक महत्त्व र इतिहास बाकेका स्थलहरूको संरक्षण गर्दै आएको छ’, उनले भने, ‘यही कार्यक्रमअनुसार सेना र स्थानीयवासीको सहयोगमा यो मन्दिरको जीर्ण द्वार गरेका छौँ ।’

सो अवसरमा भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले मन्दिरको निर्माणमा सेनाले खेलेको भूमिका उल्लेख्य रहेको जनाउँदै मन्दिरको आगामी दिनमा संरक्षणका लागि पूर्ण स्वामित्व लिनसमेत नगरपालिका तयार रहेको बताए ।

विगतमा गरुण दल गुल्म रहँदासम्म यहाँ भव्य रूपमा पूजाआजा हुने गरे पनि गुल्म स्थानान्तरण भएपछि मन्दिर संरक्षणविहीन बन्दै आएको थियो ।

जीर्ण द्वारपश्चात् मन्दिरमा चाँडै निशान भगवती स्थापना गरिने भएपछि स्थानीय थप उत्साहित भएका छन् । विगतको समयमा भएको निशान भगवती मन्दिर भत्किएपछि विसं २०६९ मा जीर्णोद्घार गरेर अर्को मन्दिर स्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस