८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणमा जुटौँ : अध्यक्ष तिमिल्सिना

अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले व्यक्तिगत र दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न सबैलाई आग्रह गरेका छन्।

७३ औँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले व्यक्तिगत र दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणको अभियानमा सहमति कायम गर्दै अगाडि बढ्न सकिएमा मात्र सहिदप्रति सच्चा सम्मान र मुलुकले समृद्धितर्फ पाइला चाल्न सक्ने बताए।

उनले सन्देशमा विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व तथा राष्ट्रिय एकता आजको आवश्यकताको रूपमा रहेको उल्लेख गरेका छन्। ‘राष्ट्रिय हितका लागि हामी सबै केन्द्रित हुनुपर्नेमा कतिपय अवस्थामा स्वार्थ केन्द्रित गतिविधि देखिएकाले त्यस्ता प्रवृत्तिप्रति सम्पूर्ण राजनीतिक दल, सरकार स्वयं र आम नेपाली जनतासमेत सजग र सचेत हुनु आवश्यक छ’, जारी सन्देशमा भनिएको छ।

सन्देशमा प्रजातन्त्र प्राप्तिको मार्गदर्शनमा वर्तमान संविधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्पसहित सङ्घीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाजस्ता आधारभूत विशेषतालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरिएको छ।

‘संविधानको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन गर्न, नागरिकका आधारभूत मौलिक हक तथा मानवअधिकारको कार्यान्वयन गर्दै लोकतन्त्रका लाभहरूको समतामूलक र समन्यायिक वितरण गर्नतर्फ हाम्रो ध्यान जानु जरुरी छ’, सन्देशमा भनिएको छ, ‘राजनीतिक परिवर्तन संस्थागत भए पनि जनताले द्रुत आर्थिक विकास, सामाजिक न्याय र सुशासनको पूर्ण अनुभूति गर्न भने पाएका छैनन्।’

नेपाली जनताको लोकतन्त्रप्रतिको समर्पित भावना र दृढ इच्छाशक्तिकै कारण संविधानमार्फत जनतामा निहित सार्वभौमसत्ता, स्वायत्तता र स्वशासनको अधिकारप्राप्त भएको उल्लेख गर्दै सन्देशमा उनले प्रजातन्त्रको जगमा अहिले हामीले सङ्घीय लोकतान्त्रिक गणतन्संसदीय शासन व्यवस्था अवलम्बन गरेको बताए।

दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लोकतान्त्रिक व्यवहारलाई आत्मसात् गर्ने प्रेरणा सबैमा मिल्ने उनले सन्देशमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस