७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्य शक्तिको स्रोत जनता : मुख्यमन्त्री कार्की

अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्य शक्तिका स्रोत जनता मात्रै भएको बताएका छन् ।

प्रदेशस्तरीय मूल समारोह समितिद्वारा ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस-२०७९ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्ने जनाउँदै जनताको सङ्घर्ष तथा वीर वीराङ्गना सहिदको बलिदानबाट स्थापित भएको प्रजातन्त्र आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीयको बताए ।

उनले प्रजातन्त्र स्थापनाका लागि भएका सङ्घर्षको मार्गदर्शन स्वरूप नेपालको वर्तमान संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अङ्गीकार गरेको छ भन्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य भएको बताए ।

मूल समारोह समितिका अध्यक्षसमेत रहेका मुख्यमन्त्री कार्कीले भने, ‘संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्नुपर्छ, सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु हामी सबैको साझा दायित्व हुन् ।’

मुख्यमन्त्री कार्कीले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि विभिन्न आन्दोलनहरूमा योगदान गर्दै सबैप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गर्न सकोस् शुभकामना पनि दिएका छन् ।

उनले प्रजातन्त्र दिवसका शुभ अवसरमा सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । मुख्यमन्त्री कार्कीले सहिद परिवार, आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अङ्गभङ्ग हुनुभएका व्यक्तिहरूप्रति सम्मान पनि प्रकट गरेका छन् ।

कार्यक्रम प्रारम्भ हुनु अगाडि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् प्रदेश नं १ विराटनगर कार्यालयबाट निस्किएको प्रभात फेरीमा विभिन्न मन्त्रालयका मन्त्री, प्रदेश सरकारका उच्चपदस्थ कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, विद्यार्थी, सञ्चारकर्मी सम्मिलित जुलुसले नगरको परिक्रमा गरी पुनः सोही स्थानमा पुगी सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस