९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीप र गुल्सन यूएईमा हुने त्रिदेशीय शृंखलामा उपलब्ध नहुने 

अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने त्रिदेशीय शृंखलामा नेपाली राष्ट्रिय टोलीका दुई सदस्य सन्दीप लामिछाने र गुल्सन झा टिममा उपलब्ध नहुने भएका छन् । 

नेपाल क्रिकेट सङ्घ (क्यान) का एक अधिकारीले बताए अनुसार सन्दीपलाई अदालतले विदेश जानबाट रोक लगाएको र गुल्सन यू-१९ टिमको बन्द प्रशिक्षणमा रहेका कारण उनीहरूले युएई भ्रमण गुमाउने भएका हुन् ।

यूएईमा लिग-२ अन्तर्गतको शृंखलामा नेपालसँगै घरेलु टिम युएई र पपुवा न्यु गिनी (पिएनजी) सँग खेल्ने तालिका छ । नेपालले फेब्रुअरी २७ मा पपुवा न्यु गिनी (पिएनजी) विरुद्ध शृंखलाको पहिलो खेल खेल्नेछ । 

हाल नेपाली टिमले घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसँग लिग-२ अन्तर्गतकै शृङ्खला खेलिरहेको छ । शृंखलामा नेपालले तीन खेल खेल्दा सतप्रतिशत नतिजा निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी शृंखलाको पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले, दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध तीन विकेटले र तेस्रो खेलमा नामिबियाविरुद्ध पुनः तीन विकेटको जित निकालेको थियो । 

नेपालले यी तीनवटै खेलमा कीर्तिमानी लक्ष्य पूरा गरेको थियो । नेपालले पहिलो खेलमा नामिबियाविरुद्ध २८६ को, दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध २७५ र तेस्रो खेलमा नामिबियाविरुद्ध २७५ रनकै पूरा गर्दै कीर्तिमान बनाएको थियो । यी तीन लक्ष्य एक दिवसीय क्रिकेटमा नेपालले पूरा गरेको क्रमशः पहिलो, दोस्रो र तेस्रो ठूलो योगफल हो । 

यस शृङ्खलाअघि एक दिवसीय क्रिकेटमा नेपालले २६० भन्दा माथिको लक्ष्य भेट्टाउन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस