१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौतमबुद्ध विमानस्थलमा जजिराले पुनः उडान गर्ने

अ+ अ-

काठमाडौँ । मौसमको कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट उडान रोकेको जजिरा एयरलाइन्सले दुई महिनापछि पुनः उडान सुरु गर्ने भएको छ । यो विमानस्थल २ जेठमा व्यावसायिक रूपमा सञ्चालनमा आएसँगै जजिराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा नियमित उडान गर्दै आएको थियो । जजिराले ६ पुस (२१ डिसेम्बर)देखि उडान रोकेको थियो । जजिराले ९ मार्चदेखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

उनका अनुसार जजिराले ९ मार्चदेखि हप्ताको तीन दिन उडान गर्दैछ । ९ मार्चदेखि उडान सुरु गर्न अग्रिम टिकट बुकिङसमेत थालिसकेको जानकारी आएको उनले बताए । प्रवक्ता झाका अनुसार मङ्गलवार, बिहीबार र शनिबार बिहान ८ बजेर ५ मिनेटमा उड्ने गरी तालिका तय समेत भइसकेको छ ।

यसअघि जजिराले २ फेब्रुअरीदेखि उडान सुरु गर्ने आश्वासन दिएको थियो । तर उडान सुरु भएको थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म अन्तर्राष्ट्रिय उडान गर्न सक्ने क्षमता छ । प्रवक्ता झाका अनुसार विमानस्थल पूर्ण क्षमतामा नचल्दै बन्द हुँदा मासिक ३० लाखसम्म घाटा बेहोर्नुपर्छ । अन्तर्राष्ट्रिय उडान नहुँदा आन्तरिक उडानको आम्दानीले खर्च व्यवस्थापन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस