९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चर्को ब्याजदरले पीडितको आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता

अ+ अ-

बुटवल । लघुवित्त संस्थाबाट कर्जा लिएर चर्को ब्याजदरले पीडित भएकाहरूको आन्दोलनमा सत्तारुढ नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीले ऐक्यबद्धता जनाएको छ ।

प्रदेश समन्वय समिति लुम्बिनीको बैठकले लघुवित्त पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाई समस्या समाधानको पहल गर्ने निर्णय गरेको हो ।

‘हालैका दिनहरूमा प्रदेशभर लघुवित्त संस्थाहरूबाट हजारौँ नागरिक पीडित भई त्यस विरुद्धमा सङ्घर्ष गर्दै आएकाले पीडितहरूप्रति ऐक्यबद्धता जाहेर गर्ने निर्णय गरेका छौँ’ माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले भने, ‘यसको तत्काल उचित समाधानको लागि सरकारसँग पहल गर्नेछौँ ।’

विभिन्न सरकारी निकाय तथा अन्य स्थानमा भएका भ्रष्टाचार, ढिलासुस्ती, विकृति विसङ्गति विरुद्ध वाईसीएल, विद्यार्थी, पत्रकार सङ्गठन र जनसमुदायसँग सहकार्य गर्दै वैधानिक रूपमा प्रतिवाद गर्ने माओवादी केन्द्रले निर्णय गरेको छ ।

यस्तै प्रदेशका कतिपय जिल्लामा सहकारी संस्थाहरूबाट जनता पीडित भएको, संस्थामा अनियमितता भएका कारण सर्वसाधारण जनताको निक्षेप जोखिममा रहेकाले सम्बन्धित निकायलाई नियमन र व्यवस्थापन गर्न माओवादी केन्द्रले माग गरेको छ ।

कपिलवस्तु, नवलपरासीलगायतका जिल्लाका उखु किसानहरूले प्राप्त गर्नुपर्ने रकम लामो समयदेखि प्राप्त गर्न नसकेको गुनासो आएकाले भुक्तानी गर्न पार्टीले चिनी मिलहरूसँग माग पनि गरेको छ । यस्तै बढ्दो महँगी नियन्त्रण गर्न, मल, बिउ यथासमयमा उपलब्ध गराउन पहल गर्ने निर्णय पनि भएको अध्यक्ष बरालले बताए ।

प्रतिक्रिया दिनुहोस