काठमाडौँ । गुण एयरलाइन्सले एक वर्ष अगाडि यती एयरलाइन्ससँग खरिद गरी चलाइरहेका ५ वटा जेटस्ट्रिम (जे ४१) जहाज बिक्री गर्न प्रक्रिया थालेको छ ।
सोही प्रयोजनका लागि अहिले दक्षिण अफ्रिकी पाटी नेपालमा रहेको गुण एयरलाइन्सका बजार प्रबन्धक प्रज्जवल थापाले जानकारी दिए ।
कम्पनीसँग ७ वटा जहाज छन् । जसमध्ये २ वटा विचक्राफ्ट जहाज भने गुणले सिम्रिकसँग किनेको हो ।
ती जहाज मेन्टिनेन्समा रहेको र आगामी साताबाटै नियमित उडाउने योजना रहेको उनले बताए । नियमित मर्मतका लागि विचक्राफ्ट समेत रोकिँदा सबै उडान बन्द गर्नु परेको उनले जानकारी दिए ।
उनका अनुसार कम्पनीले नयाँ जहाज खरिदको समेत योजना बनाइरहेको छ ।