८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेश सभा बैठक फागुन १० मा बस्ने

अ+ अ-

काठमाडौँ । संसदीय समितिको विषयमा दलहरूबीच सहमति हुन नसक्दा गत माघ २६ गतेबाट स्थगित भएको बागमती प्रदेश सभाको बैठक यही फागुन १० गते बस्ने भएको छ।

प्रदेश सभा सचिवालयले सोमबार एक सूचना जारी गर्दै प्रदेश सभा बैठक १० गते बुधबार दिउँसो २ १० बजेका लागि आह्वान गरेको जानकारी दिएको हो।

प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले उक्त बैठकमा प्रदेश सरकारले जारी गरेको अध्यादेशहरूको प्रतिस्थापन विधेयकहरू पेस हुने सम्भावित कार्यसूची रहने जानकारी दिए। 

प्रवक्ता गुप्ताका अनुसार गत शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संसद् सचिवालयमा निजामती कर्मचारीसँगसम्बन्धी २ वटा अध्यादेशको प्रतिस्थापन विधेयक दर्ता भएको र ती विधेयकहरूलाई बैठकमा पेस तयारी छ।

यसैगरी, मन्त्रिपरिषद् बैठकको निर्णयपछि संसदमा दर्ता भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई जोगाउन बनेको विधेयक पनि संसदमा पेस गरिने प्रवक्ता गुप्ताले जानकारी दिए।

प्रदेश सभाको बैठकमा अन्य कार्यसूची तयार पार्न सोही दिन बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत आह्वान गरिएको छ। सो बैठकले प्रदेश सभा बैठकको कार्यसूचीलाई अन्तिम रूप दिने प्रवक्ता गुप्ताले बताए। 

प्रतिक्रिया दिनुहोस