डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ अन्तरगत रहेको छीडीखानक्षेत्रका व्यापारीहरूलाई फोहोरमैला व्यवस्थापनका लागि डोको वितरण गरिएको छ ।
युएम एन डोटी र ग्रामीण सामुदायिक विकास केन्द्र डोटीको संयुक्त साझेदारीमा सञ्चालित कलाईमेट परियोजना अन्तरगत बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ सँगको समन्वयमा २० जना व्यापारीहरूलाई डोका वितरण गरिएको थियो ।
स्थानीय स्तरमा उपलब्ध हुने बास तथा निगालाबाट बनेका डोकाहरूलाई डस्टबीनको रूपमा प्रयोग गर्दा बजार क्षेत्रलाई सरसफाइमा सहयोग पुग्नुका साथै प्लास्टिक मुक्त क्षेत्र निमार्णमा सहयोग पुग्ने बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १का वडा अध्यक्ष खेम बहादुर घर्तीमगरले बताए ।
उनले भने डस्बीनको रूपमा डोकोको प्रयोग गर्दा स्थानीय स्तरमा निमार्ण गरिएका कच्चा पर्दाथको बजारीकरणमा सहयोग पुग्नुका साथै आम नागरिकले सहज रूपमा प्रयोगमा ल्याउन सक्ने समेत बताए ।
स्थानीय स्तरमै बास निगाला बाट निमार्ण गरिएका डोकाहरू डस्बीनको रूपमा डोटीमा पहिलो पटक प्रयोगमा ल्याइएको हो ।

