७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावअघि राष्ट्रपति हाम्रो पार्टीलाई दिन देउवा-प्रचण्ड सहमत थिए : माधव नेपाल

अ+ अ-

दाङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले राष्ट्रपतिका लागि आएको प्रस्तावबारे केही नसोचेको बताएका छन् ।

मङ्गलवार दाङका सञ्चारकर्मीहरूसँग कुरा गर्दै चाहाना राख्नु एउटा कुरा भए पनि त्यसबारे आफू र आफ्नो पार्टीले केही सोचिसकेको अवस्था नरहेको बताएका हुन् । त्यस क्रममा उनले पावर सेयरिङका सवालमा आफ्नो पार्टीको भूमिका हुनुपर्ने बताए ।

‘चाहना राख्ने कुरा बेग्लै हो, मैले पनि के गर्ने भन्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने सोचिसकेको छैन’, उनले भने, ‘हाम्रो पार्टीको धारणा पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । पावर सेयरिङमा भूमिका नभएर सधैँ भरी अरूको निम्ती मात्रै बलिदान हुने र अरूले फाइदा उठाउने कुरा हुन सक्दैन ।’

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले देशको हित गर्ने सन्दर्भमा सबै गम्भीर हुनुपर्ने बताए । ‘संविधान र गणतन्त्रको रक्षाका लागि सजग हुनुपर्ने र गणतन्त्र जोगाउने कुरा अहिलेको आवश्यकता हो । तर हाम्रोतर्फबाट राजनीतिक मूल्यमान्यता र आदर्शलाई त्यागेर कुनै किसिमको सहमति, सम्झौता सम्भव छैन । यिनै कुराहरूलाई ध्यानमा राखेर कुराकानीहरू गर्छौ । कुरा गर्न चाहने र विचार मिल्न सक्नेसँग कुरा गर्छौ’, नेपालको भनाइ छ ।

उनले राष्ट्रपतिबारे चुनावअघि काँग्रेस र माओवादीसँग कुरा भएको भन्दै त्यस बेला आफूहरूले नाम अघि सारेको र त्यसमा काँग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्ड दुवैले सहमति जनाएको बताए ।

प्रतिक्रिया दिनुहोस