८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिमा किसुनजी जस्ता निष्ठावान् नेताको खाँचो

अ+ अ-

काठमाडौँ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा कृष्णप्रसाद भट्टराई (किसुनजी) ले पुर्‍याएको योगदान अविस्मरणीय रहेकामा प्रबुद्ध व्यक्तित्वले जोड दिएका छन् ।

स्व कृष्णप्रसाद भट्टराई (किसुनजी) प्रतिष्ठानले ७३औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको विचार गोष्ठी एवम् सम्मान कार्यक्रममा स्वामी आनन्द अरुण र संस्कृतिविद् डा जगमान गुरुङले किसुनजीको व्यक्तित्व सरल, सादगी र निष्ठायुक्त रहेको चर्चा गरे ।

वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपालको राजनीतिमा किसुनजी जस्ता निष्ठावान् नेताको खाँचो रहेको औँल्याए ।

कार्यक्रममा वाग्मती प्रदेशसभाका पूर्व सदस्य नरोत्तम वैद्यले किसुनजीले सदाचारी राजनीतिज्ञको परिचय बनाएको बताए ।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष एवम् नेपाली काँग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले किसुनजीको स्मरण गर्दै पार्टी सभापतिजस्तो पदमा हुँदासमेत उनले दुई वटा खल्तीको प्रयोग गरी व्यक्तिगत कामका लागि आफ्नै खर्च र पार्टीको कामका निम्ति मात्र पार्टीको कोष खर्च गर्ने गरेको घटना स्मरण गरे ।

कार्यक्रममा जिउँदो सहिदका रूपमा मुकेश कायस्थको परिवारलाई सम्मान गरिएको थियो । सहिदका रूपमा भीमबहादुर तामाङको परिवारलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस