३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै मिलेर काम गर्नुपर्छ : मन्त्री श्रेष्ठ

अ+ अ-

हेटौँडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले हेटौँडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै पक्ष मिलेर काम गर्नुपर्ने बताएका छन् ।

समग्र उद्योग ट्रेड युनियन हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको १६ औँ अधिवेशनमा बोल्दै मन्त्री श्रेष्ठले स्वर्णिम इतिहास बोकेको हेटौँडा सिमेन्ट उद्योगले हेटौँडा कपडा उद्योगको जस्तो अवस्था बेहोर्न नहुने बताए ।

हेटौँडा सिमेन्ट उद्योगमा रहेका समस्यालाई सुधार गर्दै उद्योगलाई बजारमा आएका प्राइभेट उद्योगसँग प्रतिस्पर्धी गर्ने क्षमता बिस्तार गर्नुपर्ने बताए ।

हेटौँडा सिमेन्ट जस्तो प्रतिष्ठित उद्योगको कारण हेटौँलाई देशभर औद्योगिक नगरको रूपमा चिनिएको भन्दै उनले सिमेन्ट उद्योगलाई जोगाएर प्रतिस्पर्धी बनाउन प्रदेश सरकारले सहकार्य गरेर अघि बढ्ने बताए ।

स्वर्णिम इतिहास बोकेर अघि बढेको उद्योगको के–कस्ता पक्षलाई सुधार गर्न सके उद्योग नियमित सञ्चालन हुन्छ, प्रतिस्पर्धामा उत्रन सक्छ भन्ने विषयमा उद्योगसँग सम्बन्धित पक्षबाट राज्यलाई पनि झकझकाउनुपर्ने भन्दै मन्त्री श्रेष्ठले सरकारी मातहतका उद्योगले कम नाफा कमाएर सेवामा ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रदेश सरकारले उद्योगमा श्रमिकहरूले बेहोर्नुपरेको समस्यालाई समाधान गर्न श्रमिकमैत्री नीतिहरू अवलम्बन गर्ने भन्दै श्रम तथा रोजगारको विषयमा प्रदेश सरकारले चासोपूर्वक कामहरू अघि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस