८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थले रोक्यो कृषि मन्त्रालयको ८ अर्ब बजेट

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले कृषि तथा पशुपंक्षी मन्त्रालयको आठ अर्ब बजेट रोकेको छ। प्रमुख अन्न तथा तरकारी बालीको आयात मन्त्रालयले चालु आर्थिक वर्षदेखि सुरु गर्न लागेको ‘आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम’को विनियोजित बजेट अर्थ मन्त्रालयले रोक्का गरेको हो।

बजेट घोषणामार्फत सरकारले चालु आर्थिक वर्ष २०७९/८० मा खाद्यान्नको आयात ३० प्रतिशत कम गर्ने लक्ष्य राख्दै आठ अर्ब ४५ करोड ७० लाख रुपैयाँ विनियोजन गरे पनि कार्यान्वयन गर्ने बेला बजेट नै रोकिदिएको हो।

अर्थ मन्त्रालयका अनुसार माघ २५ गते अर्थ तथा उपप्रधानन्त्री विष्णु पौडेलले कार्यक्रमको रकम रोक्का गर्ने निर्णय लिएका हुन्।

कार्यक्रममार्फत् स्थानीय तहको अग्रसरतामा प्रमुख खाद्यान्न बालीहरु धान, मकै, तरकारी, आलुलगायतको उत्पादन वृद्धि गर्ने लक्ष्य लिइएको थियो। कार्यक्रम कार्यान्वयनका लागि गत असोजदेखि कार्यविधि लागू भएको थियो।

अर्थ मन्त्रालयले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई पत्र लेख्दै कार्यक्रमको बजेट रोक्का गरिएको औपचारिक जानकारी दिएको कृषि मन्त्रालयले जानकारी दियो।

प्रतिक्रिया दिनुहोस