१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिष्ठानले स्वास्थ्यलाई मौलिक हकका रूपमा स्थापित गर्न सघाउँछ : राष्ट्रपति भण्डारी

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले संविधानले व्यवस्था गरेको नागरिकहरूको मौलिक हकअन्तर्गतको गुणस्तरीय स्वास्थ्य सेवाको प्राप्तिमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरेकी छिन्।

राष्ट्रपति भण्डारीले मङ्गलवार बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालको ७० शय्याको नयाँ भवनको उद्घाटन गर्दै यस्तो बताएकी हुन्।

उनले जनताको स्वास्थ्यका निम्ति आधारभूत एवं विशेषज्ञ सेवा र सुविधाहरू सहजै उपलब्ध गराउन सकिने गरी अस्पतालको भवन निर्माण सम्पन्न भएकोमा खुसी र सन्तोष लागेको बताइन्।

राष्ट्रपति भण्डारीले हेटौँडा अस्पताल र प्रतिष्ठानले स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन अध्यापन र अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादनसँगै आम नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरिन्।

उनले स्वास्थ्य केवल रोग नलाग्नु मात्र होइन, बरु शारीरिक र मानसिक रूपले समेत तन्दुरुस्त र सकारात्मक रूपमा रहन सकिने अवस्था वास्तविक अर्थमा स्वास्थ्य भएको उल्लेख गर्दै जनस्वास्थ्यको उच्चतम लक्ष्य हासिल गर्न जनताकै घरदैलोमा सामान्य औषधिमूलकदेखि आधुनिक प्रविधियुक्त विशेषज्ञ सेवा उपलब्ध गराउन आवश्यक रहेकोमा जोड दिइन्।

यसमा सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकार गम्भीर हुनु आवश्यक रहेको राष्ट्रपति भण्डारीले बताइन्।

जनस्वास्थ्यका कार्यक्रमलाई योजनाबद्ध ढङ्गले जनताको घरदैलोमा पुर्‍याउन आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई स्थापित गर्न तथा स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभाकारी बनाई लागू गर्न प्रतिष्ठानको विशेष भूमिका हुने उनको भनाइ थियो।

राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका लागि ठुलो मात्रमा पलायन भइरहेको पुँजीलाई रोक्न स्वदेशमै गुणस्तरीय सेवा तथा स्वास्थ्य शिक्षा उपलब्ध गराउने कार्यमा प्रतिष्ठानले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस