८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा.रुइतलाई १४ करोड रुपैयाँ बराबरको प्रतिष्ठित ‘इशा अवार्ड’

अ+ अ-

काठमाडौँ । झण्डै तीन दशकयता निरन्तर ‘मानवताका लागि सेवा’ गरेबापत नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इशा अवार्ड प्रदान गरेका छन् ।

मङ्गलवार राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इशा अल खालिफाले १ मिलियन डलर राशि (झन्डै १४ करोड रुपैयाँ) को पुरस्कार तथा सम्मान डा।रुइतलाई प्रदान गरेका हुन् ।

राजा हमाद बिन इशा अल खालिफाले लोकहितकारी कामका अर्थमा डा. रूइतले सबैभन्दा योग्य, अमूल्य र प्रभावकारी कामु गर्दै आएको बताए । इशा अवार्ड कमिटीका अध्यक्ष सेख मोहम्मद बिन मुबारक अल खलिफाले पनि डा. रुइत मानवहितकारी अर्थमा संसारकै लागि उदाहरण रहेको बताए ।

आफ्ना पिता सेख इसा बिन सलमान अल खालिफाका नाममा सन् २००९ मा स्थापित यो सम्मान हरेक दुई वर्षमा र ‘मानवताका लागि सेवा’ गर्ने विश्वभरकै कोही व्यक्ति संस्थालाई प्रदान गरिँदै आएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रुइतले ‘विकासोन्मुख मुलुकका नागरिकमा रहेको अन्धोपनाको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति’ बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो । ‘यो घडी म तिलगंगा प्रतिष्ठानका हरेक सदस्यलाई उनीहरूको स्तुत्य सेवालाई धन्यवाद दिन चाहन्छु । यो काममा जुटेका मेरा अन्तर्राष्ट्रिय तहका सहयोगी र साझेदार द फ्रेड होलोज फाउन्डेसन, हिमालयन क्याटाराक्ट प्रोजेक्ट र तेज कोहली एण्ड रुइत फाउन्डेसनलाई यो क्षणमा म सम्झन चाहन्छु । र, आँखा उपचारमा आएका मेरा सम्पूर्ण बिरामीहरूमा म यो सम्मान अर्पण गर्न चाहन्छु’,डा.रुइतले संक्षिप्त प्रतिक्रिया दिँदै भनेका छन् ।

डा.रुइतले आफ्नो यो अवार्डले आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिबद्धता र मेहेनतका साथ काम गर्ने अवसरका रूपमा थप प्रेरणा दिएको बताए । उनले बहराइन अधिराज्यले यो सम्मानबाट सम्मानित गरेकोमा कृतज्ञता जाहेर गर्दै भविष्यमा आफ्नो कामलाई अझ प्रतिबद्धताका साथ निरन्तरता दिने जनाएका छन् । नेत्र चिकित्सक डा. रुइतले आफ्नै हातले अहिलेसम्म एक लाख २५ हजार भन्दा धेरै व्यक्तिको शल्यक्रिया गरिसकेका छन् र ७० भन्दा बढी देशमा प्रत्यक्षरपरोक्ष सेवा दिइसकेका छन् ।

इशा अवार्ड पहिलो पटक मलेसियाकी प्रतिष्ठित चिकित्सक जेमिला महमुदले २०१३ मा पाएकी थिइन् । दोस्रो अवार्ड९२०१५० भारतका शिक्षाविद् अच्युता सामन्तले र तेस्रो (२०१७) इजिप्टको चिल्ड्रेन क्यान्सर हस्पिटललाई प्रदान गरिएको थियो । चौथो अवार्ड भने पाकिस्तानको प्रतिष्ठित सामाजिक सेवक संस्था इधी फाउन्डेसनलाई प्रदान गरिएको थियो ।

यसअघि, बहराइन सरकारका तर्फबाट सञ्चारमन्त्री डा.बिन अब्दुल्ला अल नुवायमीले सोमबार अपराह्न पत्रकार सम्मेलन गर्दै ‘कुनै मुलुक वा राष्ट्रियता हेरेर इशा अवार्ड प्रदान नगरिने बताउँदै मानवीयताको उच्चतम सेवा–कदरका लागि डा।रुइतको कामलाई छनौट गरिएको’ बताएका थिए ।

डा. रुइतले पैसा कमाउनेभन्दा आम मानिसलाई सहज हुने गरी आँखा उपचारमा सस्तो मूल्यको इन्ट्राअक्युलर लेन्स सिङ्गो विश्वलाई उपहार दिएको आधारलाई इशा अवार्डले ‘उल्लेख्य उपलब्धि’ ठानेको उनले बताए । रुइतको प्रयासले इन्ट्राअक्युलर लेन्स(प्रति)को मूल्य ३ डलरमै उत्पादन सम्भव भएको छ । एक दशकअघि सम्म यो लेन्सको मूल्य १५० डलरसम्म पर्ने गर्थ्यो । नेपालमै उत्पादित करिब ६० लाख इन्ट्राअक्युलर लेन्स आज विश्वभर वितरण भइसकेको छ ।

इशा सांस्कृतिक केन्द्रको समारोहमा बहराइन सरकारका मन्त्रीहरू तथा र विशिष्ट आगन्तुकगणको उपस्थिति थियो । समारोहमा बहराइनस्थित राजदूत तिर्थराज वाग्ले र मानमास्थित कूटनीतिक समुदायको उपस्थिति रहेको थियो ।

समारोहमा तेज कोहली-रूइत फाउन्डेसनका सहअध्यक्ष तेज कोहलीसमेत बेलायतबाट बहराइन आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस