७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद विनोद चौधरीले छाने डेढ दर्जन गौरवका आयोजना

अ+ अ-

काठमाडौँ । उद्योगपति तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीले आफ्नो चुनावी अभियानका क्रममा प्रतिबद्धता जनाएकामध्ये दुई दर्जन आयोजनाहरू कार्यान्वयनमा गइसकेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र विकासका लागि चुनावी अभियानका क्रममा सांसद चौधरीले ३१ वटा प्रतिबद्धता जनाएका थिए ।

नवलपरासी १ बाट निर्वाचित उनले बाँकी प्रतिबद्धता समेत कार्यान्वयनमा जुटेको जानकारी गराएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रलाई लुम्बिनी प्रदेशकै नमुना बनाउने प्रतिबद्धता जनाएका छन् । यसका लागि गुरुयोजना बनाएर कार्यान्वयन गर्ने उनको प्रतिबद्धता रहेको छ । सांसद चौधरीले तत्कालका लागि १५ वटा गौरवका आयोजना छनोट समेत गरिसकेको उनको सचिवालयले जनाएको छ ।

नवलपरासीमा चक्रपथ, केरा खेती प्रवर्द्धन, पशुपालन, सीप विकास केन्द्र, कृषि बजार केन्द्र, बुद्ध सर्किट, सीमावर्ती पर्यटन प्रवर्द्धन, एकीकृत विशेष सेवा अस्पताल निर्माण, खेलकुद विकास र सरसफाइ अभियानसहितका गौरवका आयोजना प्रस्ताव गरिएको छ । स्थानीय तह, राजनीतिक दल, तथा निजी क्षेत्रसहितको विज्ञहरूसँगको छलफलबाट आयोजना छनोट भएको बताइएको छ ।

प्रतिबद्धता अनुसार छनोट गरिएका आयोजनाहरू कार्यान्वयनका लागि व्यवस्थित कार्यक्रम र दृढ इच्छाशक्ति चाहिने उनको भनाइ छ । सांसद चौधरीले आफ्नो प्राथमिकता नवलपरासी १ को विकास भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस