काठमाडौँ । यु-१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले खनाललाई कप्तान चयन गरेका हुन् । यसअघिका कप्तान गुल्सन युएईमा हुने आईसीसी क्रिकेट विश्वकप लिग टु को श्रृङ्खलाका लागि सिनियर टिममै रहने भएपछि देवलाई जिम्मेवारी दिइएको क्यानले जनाएको छ ।
यु-१९ नेपाली क्रिकेट टिमले २४ फेब्रुअरीदेखि २ मार्चसम्म हुने यु-१९ विश्वकपको एशिया छनोट खेल खेल्नेछ । जसमा नेपालले हङकङ, कुवेत, मलेसिया, सिंगापुर, युएईसँग खेल्नेछ । तीमध्ये एउटा टिमले सन् २०२४ मा श्रीलंकामा हुने यु-१९ विश्वकप खेल्नेछ ।