काठमाडौँ। नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल खेलकुद महासङ्घको अध्यक्षमा परशुराम बस्नेत चयन भएका छन्। दोस्रो राष्ट्रिय महाधिवेशनबाट बस्नेत चयन भएका हुन ।
उनको नेतृत्वमा १ सय ७१ सदस्यीय केन्द्रीय कमिटीसमेत चयन भएको छ । फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा भएको महाधिवेशनले अध्यक्षबाहेक पदाधिकारी र आयोगका पदाधिकारी भने टुङ्गो लगाउन सकेको छैन ।
बाँकी पदाधिकारीको भने केही दिनमा टुङ्गो लगाउने गरी महाधिवेशन सम्पन्न भएको छ । बस्नेत यसअघि खेलकुद महासङ्घका संयोजक थिए ।