७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादीको बागमती प्रदेश कमिटीको प्रशिक्षण

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रम मङ्गलबारदेखि सुरु भएको छ ।

यही फागुन ११ गतेसम्म सञ्चालन हुने सो प्रशिक्षणमा १३ जिल्लाबाट ५० नेता सहभागी रहेका छन् ।

पार्टी उपाध्यक्ष तथा बागमती प्रदेश कमिटीका इन्चार्ज केदार न्यौपानेले कार्यक्रमको उद्घाटन गर्दै वर्तमान राजनीतिक परिस्थिति र आगामी कार्यभारको विषयमा प्रशिक्षण दिए ।

उनले कम्युनिष्ट पार्टीको घोषणापत्र जारी भएको एक सय ७५ वर्ष पूरा भएको अवसरमा त्यसको संक्षेपीकरण गरेका थिए ।

महासचिव डा. बेदुराम भुसालले समाजमा समानता र न्याय स्थापनामा गरी देश विकास तथा आर्थिक रुपान्तरणमा माक्र्सवादी दर्शनको वैज्ञानिकताबारे जानकारी दिए ।

पार्टी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले विभिन्न कालखण्डमा विकास भएका वर्ग, ती वर्गबीच भएका सङ्घर्ष र सामाजिक सवालबारे चर्चा गरेका थिए ।

प्रशिक्षणको अवधिमा पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्षद्वय राजेन्द्रप्रसाद पाण्डे र प्रमेश हमाल, पार्टी केन्द्रीय सचिवालय सदस्य घनश्याम भुसाललगायतले पार्टी पुनःगठनको औचित्य, नेपालको कम्युनिष्ट आन्दोलन विगत र वर्तमान, पार्टीको मार्गदर्शन सिद्धान्त र क्रान्तिको अबको बाटो, पार्टीको मार्गदर्शक सिद्धान्त तथा साङ्गठनिक सिद्धान्त, बागमती प्रदेशको साङ्गठनिक अवस्था र सङ्गठन निर्माणको आगामी कार्ययोजना, समाजवादी आन्दोलन र आजको विश्व व्यवस्था, पार्टी स्कुलबारे प्रशिक्षण दिने बताइएको छ ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधबकुमार नेपालले प्रशिक्षणको समापन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले जानकारी दिइन् ।

पार्टीले यसअघि प्रदेश नं १ र सुदूरपश्चिममा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस