८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोग र मतदाताबीच समन्वय बढाउन आग्रह

अ+ अ-

बारा । निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले स्थानीय तहमा रहेका निर्वाचन सम्पर्क व्यक्तिलाई निर्वाचन व्यवस्थापनका काममा प्रभावकारी रूपमा सहजीकरण गर्न आग्रह गरेकी छन् ।

निर्वाचन सम्पर्क व्यक्तिको क्षमता अभिवृद्धि गर्न मधेस प्रदेशको बारामा आज आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले मतदाता नामावली सङ्कलन एवं अद्यावधिक, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, निर्वाचनसम्बन्धी सूचना सहजरूपमा मतदाता एवं सरोकारवाला पक्षसँग पुर्‍याउन निर्वाचन सम्पर्क व्यक्तिको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।

उनले भनिन्, ‘मतदान केन्द्र तथा मतदान स्थललाई सुरक्षित, सहज, पहुँचयोग्य र लैङ्गिक एवं समावेशी तथा अपाङ्गतामैत्री बनाउनेलगायतका काममा निर्वाचन सम्पर्क व्यक्तिको भूमिका महत्त्वपूर्ण हुन्छ ।’

उनले स्थानीय तहमा रहेका निर्वाचन सम्पर्क व्यक्तिले आयोग र जनताका बीचमा समन्वय र सहकार्य गरी सेतुका रूपमा काम गर्नुपर्ने जनाउँदै निर्वाचन तथा मतदाता शिक्षा आम नागरिकमा पुर्‍याउन आयोगको प्रतिनिधिका निर्वाचन सम्पर्क व्यक्तिले भूमिका निर्वाह गर्नुपर्छ भनिन्। मतदाता नामावली अद्यावधिक कार्यमा स्थानीय सरकारले प्रदेश र जिल्ला निर्वाचन कार्यालयमार्फत मृत्यु भइसकेका मतदाताको विवरण आयोगलाई उपलब्ध गराई मतदाता नामावली अद्यावधिक र शुद्ध बनाउन सहयोग गर्नुपर्नेमा उनले जोड दिइन् ।

आयुक्त डा तुलाधरले आयोगले स्थानीय तहसँगको समन्वय र सहकार्य गरी मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने काम, निर्वाचन शिक्षा तथा मतदाता जागरण काम गरी सुसूचित मतदाता तयार गर्ने काम गर्दै निर्वाचनमा धेरैभन्दा धेरै मतदाताको सहभागिता गराउँदै बदर मत प्रतिशतलाई न्यूनीकरण गर्ने लक्ष्य लिइएको बताइन् । उक्त लक्ष्य प्राप्त गर्न आयोगले निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको समन्वय र सहकार्यलाई उच्च प्राथमिकतामा राखेको उनले बताइन् ।

कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन सम्पर्क व्यक्तिको क्षमता अभिवृद्धि विषयमा प्रस्तुतीकरण गरेका थिए भने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासहित बारा, पर्सा र रौतहट जिल्लाका ४८ स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्ति सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस