काठमाडौँ । ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्र र पर्यटक मार्ग वरपर रहेका अव्यवस्थित इन्टरनेट र टेलिफोनका तार सात दिन भित्र हटाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
सडक किनारका पोलमा झुण्ड्याइएका इन्टरनेट र टेलिफोनका तारका मुठाहरूले शहर नै कुरूप भएपछि महानगरले आज सार्वजनिक सूचना जारी गर्दै तीनलाई सात दिनभित्र हटाउन भनेको हो ।
ललितपुर महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने अभियानलाई अव्यवस्थित तारले चुनौती थपको महानगरको ठहर छ ।
हेर्नुस् सूचना :
