११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टेलिकमले माग्यो ठुलो संख्यामा कर्मचारी (सूचनासहित)

अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमले एकै पटक ७३ जनाका लागि नयाँ रोजगारी खुलाएको छ । टेलिकमले शुक्रबार सूचना प्रकाशित गरी एकै पटक उक्त संख्यामा कर्मचारी माग गरेको हो । टेलिकमले खुलातर्फ उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म कर्मचारी मागेको छ ।

उप प्रबन्धक पदमा समावेशीतर्फ मधेसी समूहमा १ जना माग गरिएको छ । वरिष्ठ इन्जिनियरतर्फ खुलामा एक र दलित समूहमा १-१ जनाको माग भएको छ । वरिष्ठ खेला अधिकृतमा खुलातर्फ १ जनाको आवेदन माग भएको छ । टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन)तर्फ खुलामा ५, महिलामा २, मधेसी, दलित र अपाङ्गतामा एक-एक जनाको माग भएको छ ।

टेलिकम इन्जिनियर (कम्प्युटर) पदमा खुलातर्फ २, मधेसी, दलित र पिछडिएको क्षेत्रका लागि १-१ जनाका लागि आवेदन माग गरिएको छ । टेलिकम इन्जिनियर (इलेक्ट्रोनिकल)तर्फ महिला १, दलित १ र अपाङ्गता १ जनाका लागि आवेदन मागिएको छ । इन्जिनियर सिभिलमा अपाङ्गता समूहमा १ जनाको माग भएको छ । सहायक लेखा अधिकृतमा खुला ३, मधेसी १ जनाको माग भएको छ । सहायक प्रशासकीय अधिकृतमा खुला २, आदिवासी जनजाति १ जनाको माग भएको छ ।

सहायक व्यापार अधिकृतमध्ये खुलामा २, महिलामा १ र मधेसी समूहमा १ जनाको माग भएको छ । टेक्निसियनमा खुला ६, महिला २, आदिवासी जनजाति १, मधेसी १ र दलित एक जनाको माग भएको छ । सहायक पदमा खुलामा ७, महिलामा २, आदिवासी जनजाति १, मधेसी १ र दलितमा एक जनाका लागि आवेदन खुलेको छ । जुनियर टेक्निसियनमा भने खुलामा ९, महिलामा २, आदिवासी २, मधेसी ३ र दलितमा १ जनाको आवेदन माग भएको टेलिकमले जनाएको छ ।

यी पदमा २ चैतसम्म आवेदन दिने सकिने भएको छ । दोब्बर दस्तुर तिरेर ९ चैतसम्म आवेदन दिन सकिने टेलिकमले जनाएको छ । आवेदनका लागि अधिकृत स्तरबाट माथि ८ सय रुपैयाँ दस्तुर तोकिएको छ । सहायक स्तरका लागि ३ रुपैयाँ दस्तुर राखिएको छ ।

यसैगरी नेपाल टेलिकमले बढुवा र आन्तरिक प्रतिस्पर्धाका लागि समेत शुक्रबार नै आवेदन खुला गरेको छ । कार्यसम्पादन क्षमता मूल्याङ्कन बढुवाका लागि एकसाथ ठूलो संख्यामा आवेदन मागिएको छ ।

प्रतिक्रिया दिनुहोस